१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

पूर्व राजालाई दरबार हत्याकाण्डमा जोडेर धम्की नदिन राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी



बीरगञ्ज-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दरबार हत्याकाण्ड छानबिन गरेर देखाउन ठूला दललाई चुनौती दिएका छन् । बुधबार बिहान वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले यस्तो चुनौती दिएका हुन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहको लोकप्रियताबाट अत्तालिएर ठूला दलहरूले दरबार हत्याकाण्डमा पूर्व राजालाई मुछ्ने गरेको अध्यक्ष लिङ्देनले दाबी गरे । उनले पूर्व राजालाई नधम्क्याउन पनि दलहरूलाई चेतावनी दिएका छन् ।

हिम्मत भए छानबिन आयोग गठन गरेर सत्य तथ्य सार्वजनिक गर्न दलहरूलाई चुनौती दिँदै राप्रपा अध्यक्ष लिङ्देनले गणतन्त्र र संघीयता खारेज हुनुपर्ने जिकिर गरेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार ००:००  ११ : ३३ बजे