७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवका बिषयमा छलफल तीव्र



झापा- बिर्तामोड उद्योग वाणिज्य संघले अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवका बिषयमा सरोकारवालासँगको छलफल तीव्र बनाएको छ । संघले अलग–अलग समूहमा सरोकारवालासँग आवश्यक छलफल र परामर्श गरिरहेको हो ।

संघले आइतबार मात्रै संघले विभिन्न चारवटा व्यवसायिक तथा सामाजिक संस्थासँग महोत्सवका बिषयमा छुट्टाछुट्टै छलफल गरेको छ । संघका वरिष्ठ उपाध्यक्ष महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले व्यवसायिक साझेदार संस्थासँग निरन्तर छलफल र संवाद गरिरहेको बताए ।

फागुन ५ देखि १५ गतेसम्म महोत्सव सञ्चालनको तयारी छ । महोत्सवमा भारत, वंगलादेश, भुटान र पाकिस्तानका उत्पादनले पनि स्टल वुकिङ गरेका छन् । महोत्सवमा दुईसय भन्दाबढी स्टल रहने संयोजक न्यौपानेले जानकारी दिए ।

छलफलमा सहभागी संघका पूर्व अध्यक्ष बेदप्रकाश अग्रवाल मित्रराष्ट्रबाट आएका व्यवसायीले सञ्चालन गरेको व्यवसायिक स्टल र उनीहरुको व्यापार शैली यहाँका व्यवसायीले सिक्न सक्नुपर्ने बताउँछन् । अग्रवालले विदेशबाट आएका व्यापारीको विजनेस पोलिसी मात्रै यहाँका व्यापारीले सिक्ने हो भने व्यापार व्यवसायमा उल्लेख्य टेवा पुग्ने बताए ।

मेची डिष्ट्रिव्युटर एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले अवलोकनकर्ताका लागि सुरक्षित, आकर्षक र मनोरञ्जनात्मक गन्तव्यस्थलका रुपमा महोत्सवस्थल निर्माण हुनुपर्नेमा जोड दिए ।

महोत्सवका विषयमा आइतवार मात्रै मेची डिष्ट्रिव्युटर एशोसिएसन, कष्मेटिक डिलर एण्ड फुड एशोसिएसन, सौन्दर्य व्यवसायी संघ, छठ समाज सेवा समितिसँग छलफल भएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार ००:००  ९ : ३५ बजे