५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

इलाममा डेंगुबाट २० जना संक्रमित, भाइरलजन्य रोगको संक्रमण बढ्दै



इलाम-इलाममा डेंगुबाट २० जना संक्रमित भएका छन् । यो बुधवारसम्मको तथ्यांक हो । संक्रमितको संख्या अझै बढ्ने स्वास्थ्यकर्मीको अनुमान छ ।

प्रकोपका रुपमा डेंगु फैलिएकाले संक्रमितको संख्या थपिँदै जाने जिल्ला अस्पताल इलामका स्वास्थ्य निरीक्षक टीका लुइँटेलले बताए । डेंगुसहित इलाममा भाइरलजन्य रोगको संक्रमण बढ्दै गएको छ ।

इलाम अस्पतालसहित जिल्लाका स्वास्थ्य केन्द्रमा साउनयता संक्रमितको संख्या थपिँदै गएको हो । झापाका अस्पतालमा पनि संक्रमितको संख्या सयको हाराहारीमा रहेको चिकित्सकहरु बताउँछन् ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार ००:००  ४ : ४५ बजे