१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

अर्जुनधारा जलेश्वरधाममा श्रावणी पर्वको आम्दानी साढे १२ लाख



बिर्तामोड-झापाको अर्जुनधारा जलेश्वरधामले श्रावणी पर्वको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको छ । दर्शनार्थीबाट संकलन भएको भेटी तथा दानदातव्य रकमको हिसाव धामले सार्वजनिक गरेको हो ।

अर्जुनधारा जलेश्वरधाम समितिका अनुसार श्रावणी पर्वमा १२ लाख ५८ हजार आठ सय ९३ रुपैयाँ संकलन भएको छ । आम्दानीसँगै तीन लाख ८३ हजार दुई सय ३७ रुपैयाँ खर्च भएको छ ।

भक्तजनको सहयोगबाट प्राप्त भएकोमध्ये खर्च कटाएर जलेश्वरधाम समितिले आठ लाख ७५ हजार रुपैयाँ बचत गर्न सफल भएको छ । यसपटक धाम समितिले सशुल्क शीघ्र दर्शनको व्यवस्था मिलाएको थियो ।

समयको पावन्दी भएका कतिपय भक्तजनले शुल्क तिरेर भगवान्को दर्शन गरेका थिए । शीघ्र दर्शनबाट ७५ हजार रुपैयाँ संकलन भएको धाम समितिले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार ००:००  ९ : २५ बजे