१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सञ्चारकर्मी विष्णु रिमाललाई पितृशोक



बिर्तामोड-सञ्चारकर्मी तथा शिक्षासेवी विष्णुप्रसाद रिमाललाई पितृशोक परेको छ । रिमालका बाबु नारायणप्रसादको ६६ वर्षको उमेरमा मंगलवार राति १० बजे निजी निवास मेचीनगरको सहरेडाँगीमा निधन भएको हो ।

बुधवार बिहान १० बजे कनकाई माईमा रिमालको दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । युनिक अङ्ग्रेजी स्कूलका प्रिन्सिपल एवम् चारआली जेसीजका संस्थापक अध्यक्ष रिमालका पिताको निधनप्रति विभिन्न क्षेत्रका व्यक्तिले दुःख प्रकट गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ००:००  ९ : ०९ बजे