बिर्तामोड-ब्राउन सुगरसहित झापाको गौरीगञ्जस्थित आँपगाछीबाट बुधवार दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी–३ का सुवास तामाङ र भीमप्रसाद तुम्वाहाम्फे छन् ।
पक्राउ परेकाहरुका साथमा एक ग्राम चारसय मिलिग्राम ब्राउन सुगर भेटिएको छ । भारतबाट आउँदै गर्दा उनीहरु समातिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु मे ५ प ९१३५ नम्बरको मोटरसाइकलमा सवार थिए ।