मोरङ-अत्याधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ । शीतलहरले पढाइ प्रभावित भएपछि महानगरले केही दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।
विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले बुधबारदेखि शुक्रबारसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
विद्यार्थीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर महानगरले तीन दिनका लागि बिदा दिने निर्णय गरेको हो । आइतबारदेखि नियमित पठनपाठन हुने महानगरले जनाएको छ ।


















