१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

श्रमिकको ज्याला विवाद : चिया बगान र प्रशोधन कारखाना बन्द



बिर्तामोड-पूर्वी नेपालका चिया श्रमिकले सोमवारदेखि चिया बगान र प्रशोधन कारखानाको काम बन्द गर्ने भएका छन् । ज्याला वृद्धि गर्नुे प्रस्ताव चिया उद्योगीले अस्वीकार गरेपछि श्रमिकले बगान र प्रशोधन कारखानाको काम बन्द गर्ने घोषणा गरेका हुन् ।

यसअघि सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चिया श्रमिकले दैनिक पाँचसय रुपैयाँ ज्याला पाउने व्यवस्था गरेको थियो । सरकारी निर्णय कार्यान्वयन गर्न नसकिने उद्योगीको अडानपछि श्रमिकले अन्तत आन्दोलनको बाटो रोजेका हुन् ।

चिया उद्योगी न्यूनतम् ज्याला दिन सहमत नभएसम्म आन्दोलन नरोकिने नेपाल कृषि तथा बगानक्षेत्र श्रमिक संघका राष्ट्रिय संयोजक सन्तकुमार राईले बताए । चिया श्रमिकहरु विगत दुई महिनादेखि आन्दोलनमा छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार ००:००  ७ : ३५ बजे