१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अस्पतालमा जन्मिएको शिशु डाक्टरले पाँच लाखमा बेचेको खुलासा



मोरङ-अस्पतालमा जन्मिएको शिशु डाक्टरले पाँच लाख रुपैयाँ लिएर बेचेको खुलेको छ । यो मोरङको घटना हो । प्रहरीका अनुसार मोरङको कोसी अस्पतालका पूर्व मेडिकल सुपरीटेन्डेन्ट डाक्टर तपेश्वरलाल कर्णले नवजात शिशु बेचेका हुन् ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ रहेका कर्णले एक दिनको नवजात शिशु पाँच लाख रुपैयाँमा बेचेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए । असार १३ मा ग्रीनक्रस हस्पिटलमा शिशु जन्मिएको थियो ।

डीएसपी दाहालका अनुसार डाक्टर कर्णले मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी दिलमाया राजवंशीलाई नवजात शिशु बेचेका हुन् । उनले प्रहरी सँगको बयानमा शिशु बेचेको स्वीकार गरेका छन् ।

अविवाहित महिलाले जन्माएको शिशु डा. कर्णले बेचेको प्रहरीले बताएको छ । डाक्टर कर्णसहित शिशु किन्ने महिला पनि पक्राउ परेकी छन् । यसअघि पनि डाक्टर कर्णले शिशु बेच्ने गरेको सुइँको प्रहरीले पाएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार ००:००  १० : २१ बजे