५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

भ्रष्टाचारको मुद्दामा धेरै नेता जेल जान्छन् : अध्यक्ष लामिछाने



बिर्तामाेड-राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अहिले खुलेका तीनओटा भ्रष्टाचारका फाइलमाथि गम्भीर र प्रभावकारी अनुसन्धान गर्ने हो भने धेरै नेताहरु जेल जाने स्थिति रहेको बताएका छन् ।

शुक्रबार झापाको बिर्तामोडमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले भ्रष्टाचारका फाइल खुल्ने बित्तिकै प्रमुख दलका नेताहरुबीच विहान बेलुकै छलफल र वार्ता हुनुलाई आफुहरुले गम्भीर रुपमा लिएको बताए ।

प्रमुख राजनीतिक दलले संसदलाई बार्गेनिङको थलाे बनाएको भन्दै अध्यक्ष लामिछानेले त्यसप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । उनले संसद खुलेपछि सुन तस्करी काण्ड अनुसन्धानका क्रममा भएको प्रगति विवरण सरकारसँग माग्ने बताए ‌।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार ००:००  ४ : ४० बजे