८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

युवा दस्ता घोषणाको तयारी, बिर्तामोडमा सुरक्षा तैनाथी बढाइयो



बिर्तामोड– काेसी प्रदेशकाे नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचानवादी समूहले युवा दस्ता घाेषणा गर्न लागेपछि प्रहरीले झापाको बिर्तामोडस्थित सिटी सेन्टर वरपर सुरक्षा तैनाथी बढाएकाे छ ।

पहिचानवादीकाे कार्यक्रम सुरु हुनु अगावै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको हाे । कार्यक्रमस्थलमा सयभन्दा बढी प्रहरी खटिएका छन् ।

पहिचानवादी समूहले १५ सयकाे समूहमा युवा दस्ता घोषणा गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार ००:००  १२ : २५ बजे