बिर्तामोड– काेसी प्रदेशकाे नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचानवादी समूहले युवा दस्ता घाेषणा गर्न लागेपछि प्रहरीले झापाको बिर्तामोडस्थित सिटी सेन्टर वरपर सुरक्षा तैनाथी बढाएकाे छ ।
पहिचानवादीकाे कार्यक्रम सुरु हुनु अगावै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको हाे । कार्यक्रमस्थलमा सयभन्दा बढी प्रहरी खटिएका छन् ।
पहिचानवादी समूहले १५ सयकाे समूहमा युवा दस्ता घोषणा गर्ने जनाइएको छ ।