बिर्तामोड–प्रहरीले अर्जुनधारा–३ भोर्लेनी चोकबाट गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय सोमप्रकाश लिम्बू र उनका भाइ सुजन लिम्बू रहेका छन् ।
उनीहरुका साथमा साढे तीन किलो गाँजा बरामद भएको छ । इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा गाँजा भेटिएको हो ।