बिर्तामोड-कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बाबु इन्द्रप्रसादको उपचारका क्रममा निधन भएको हो ।
अस्वस्थ्य भएपछि भट्टराईलाई उपचारका लागि विराटनगरस्थित नोवल अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा आइतवार राति १ बजे उनको निधन भएको हो ।
सामाजिक सेवामा लामो समय सक्रिय रहेका इन्द्रप्रसाद मोति मावि कचनकवलका संस्थापक मध्येका एक थिए । उनको निधनप्रति विभिन्न क्षेत्रका व्यक्तित्वले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
स्थानीय जमुना घाटमा १० बजे दाहसंस्कार गरिने भट्टराई परिवारले जनाएको छ ।