१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एकसय पचास जेष्ठ नागरिकलाई लौरो वितरण



झापा- बिर्तामोड नगरपालिकाको आयोजनामा बिर्तामोड र कनकाई क्षेत्रका करिव १५० ज्येष्ठ नागरिकलाई लौरो वितरण गरिएको छ ।

सभामुख देवराज घिमिरेको सचिवालयको समन्वयमा ज्येष्ठ नागरिकलाई लौरोसहित ढाका टोपी लगाएर सम्मान गरिएको हो । सभामुख घिमिरेले बुढेसकालको सहाराका लागि लौरो प्रदान गरेको बताए ।

सभामुख घिमिरेले ज्येष्ठ नागरिकहरु सबैको साझा अभिभावक भएको भन्दै सम्मान जरुरी रहेको बताए । कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकलाई यातायात खर्च समेत उपलब्ध गराइएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशी, प्रदेश सांसद एकराज कार्की, छवि चुडाल, नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय विनोदकुमार न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार ००:००  ७ : २२ बजे