१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

मृत भेटिइन् भद्रपुरबाट हराइरहेकी बालिका



झापा-भद्रपुर नगरपालिका-९ बाट हराएकी बालिका मृत फेला परेकी छन् । घरदेखि केही तल पानीमा डुबेकाे अवस्थामा बालिका मृत फेला परेकाे झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

सोमनाथ सिग्देलकी तीन बर्षीया छोरी निर्जला आज दिउँसोदेखि हराइरहेकी थिइन् । बालिकालाई भारतीय नागरिकले अपहरण गरिएको आशंका गरिएको थियो ‌।

उनको शव घरदेखि ५०० मिटर दक्षिणतर्फको पक्की नालामा डुबेको अवस्थामा फेला परेको हो । घर नजिकै रहेको केदारेश्वर शिवालय मन्दिरमा आमाबुबाले छोरी निर्जलालाई सँगै भजन सुन्न लगेका थिए ।

मन्दिरभित्र आमाबुबा भजन सुनिरहेको बेला निर्जला बाहिर खेल्दै गर्दा सोमबार दिउँसो साढे १२ बजे एकाएक हराएकी थिइन ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार ००:००  ४ : ४९ बजे