१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापा आइपुगे पूर्व राजा शाह



बिर्तामोड-पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रवार झापा आइपुगेका छन् । शनिवार झापाको बिर्तामोडमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि उनी आएका हुन् ।

झापाको मेचीनगरस्थित होटल मेची क्राउनमा उनको बास छ । शनिवार समर्थकसहितको र्यालीमा सहभागी हुँदै पूर्वराजा कार्यक्रमस्थलमा पुग्ने जनाइएको छ ।

बिर्तामोड १ को देवीपञ्चकन्यामा रहेको इकोम कलेजमा पृथ्वीनारायण शाहको सालिक राखिएको छ । कलेजले आयोजना गरेको कार्यक्रमको सम्पूर्ण व्यवस्थापन राप्रपाले मिलाएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार ००:००  ७ : ०० बजे