९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

राजगढको काठ मिलमा आगलागी हुँदा सातलाखको क्षति



बिर्तामोड–झापाको राजगढस्थित गोपाल राजवंशीले सञ्चालन गरेको काठ मिलमा सोमवार बिहान आगलागी भएको छ । विद्युत् सर्ट भएर मिलमा अचानक आगो लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो निभाएको छ । आगलागीबाट काठ चिर्ने मेसिन, मिलमा रहेको काठ र मोटर गरी सात लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार ००:००  ८ : १६ बजे