१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पूर्व राजाको कार्यक्रमलाई लिएर राप्रपाले जस लिन खोजेको आरोप



बिर्तामोड-पूर्व राजाको झापा आगमनको पूर्व निर्धारित कार्यक्रमलाई राजनीतिक रुपमा नबुझ्न इकोम कलेज व्यवस्थापनले आग्रह गरेको छ ।

बुधवार परिसरमा पत्रकार सम्मेलन गरी कलेज व्यवस्थापनले राजनीतिक आस्थाका आधारमा कार्यक्रम आयोजना नगरिएको जनाएको हो ।

राप्रपा लगायतले पूर्व राजाको झापा आगमनको जस लिन खोजेकोप्रति कलेज व्यवस्थापनले सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेको हो ।

आफूहरुले सात महिनादेखि गरेको प्रयत्नपछि पूर्वराजा आउने तय भएको कलेजका अध्यक्ष आलोक कार्कीले बताए । मंसिर ९ गते पूर्व राजा झापा आउने तय भएपछि राप्रपाले मौका छोपेको हुनसक्ने कार्कीको आँकलन छ ।

कलेज परिसरमा स्थापना गरिएको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि पूर्व राजा आउने तय भएको छ । अध्यक्ष कार्कीले २० देखि ३० मिनेट कलेज परिसरमा पूर्व राजा रहने जानकारी दिए ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार ००:००  ८ : ५९ बजे