५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

चुम्वन भिडियो बाहिरिएपछि प्रमुख प्रशासकीय अधिकृत विवादमा



दमक- दमक नगरपािलकाका प्रमुख प्रशासकीय अधिकृत डम्वरुवल्लभ निरौला विवादको घेरामा तानिएका छन् । नगरपालिकाको क्वार्टरमा महिलासँगको चुम्वन भिडियो बाहिरिएपछि उनी नैतिक संकटमा परेका हुन् ।

मदिरामा मस्त भएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । निरौलासँग रहेकी महिलाले टिकटकमा लाइभ गरेपछि भिडियो सार्वजनिक भएको हो ।

निजी जीवन भए पनि सार्वजनिक माध्यमबाट भिडियो बाहिरिएपछि निरौलामाथि विभागीय कार्वाहीको तयारी भएको छ ।

दमक नगरपालिकाले पनि यस विषयमा ध्यानाकर्षण भएको जनाउँदै आवश्यक कार्वाहीका लागि माथिल्लो निकायमा लेखि पठाएको जनाएको छ । नगरका कार्यपालिका सदस्यले प्रशासकीय अधिकृतको भूमिकामाथि नैतिक प्रश्न उठेको जनाउँदै कार्यालय प्रवेशमा रोक लगाउन माग गरेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार ००:००  ७ : ५७ बजे