७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

चन्द्रा श्रेष्ठ समाजवादीको केन्द्रीय सदस्य मनोनित



झापा-नेकपा एकीकृत समाजवादीले झापाली महिला नेतृ चन्द्रा श्रेष्ठलाई केन्द्रीय सदस्य बनाएको छ । हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले श्रेष्ठलाई केन्द्रीय सदस्य मनोनयन गरेको हो ।

नेकपा एमालेबाट निर्वाचित भएर भद्रपुर नगरको उपप्रमुख भएकी श्रेष्ठ एमाले छोडेर एकीकृत समाजवादीमा लागेकी थिइन् । समाजवादीले श्रेष्ठसँगै २१ जना केन्द्रीय सदस्य थप गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार ००:००  ३ : ५८ बजे