१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

भूकम्प पीडितलाई सांसदको एक महिनाको तलव र २५ लाख दिने राप्रपाको निर्णय



झापा-राष्ट्रिय प्रजातन्त्र पार्टीले जाजरकोट भूकम्प पीडितका लागि सरकारले स्थापना गरेको राहत कोषमा २५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । आइतवार बसेको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

पीडितलाई राहत दिन संघीय तथा प्रदेशसभा सदस्यको एक महिनाको पारिश्रमिक र पार्टीका तर्फबाट २५ लाख रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीका तर्फबाट जाजरकोट जिल्लाका लागि प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही र रुकुम पश्चिम जिल्लाका लागि पार्टीका सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय राप्रपाले गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार ००:००  ७ : ३९ बजे