१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापामा ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’



बिर्तामोड-नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ झापामा सुरु भएको छ । शनिबार झापाका १३१ वटै वडामा एकसाथ तीन महिने अभियान सुरु भएको हो ।

अभियान उद्घाटनको पहिलो दिन सहीद परिवारलाई सम्मान, रक्तदान, पूर्व जनमुक्ति सेनासँग भेटघाट, सडक तथा बजार सरसफाई तथा विरुवा गोडमेल र वृक्षारोपण लगायतका कार्यक्रम भएका छन् ।

अभियान शुभारम्भ गर्दै कमल गाउँपालिकामा सडक मर्मतका लागि माओवादी कार्यकर्ताले श्रमदान गरेका छन् । दमक ७ मा सहीद तपिन राई, धिरेन चेम्जोङ र गोमा मिश्रको परिवारलाई सम्मान गरेर अभियान उद्घाटन गरिएको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो, जिल्ला संयोजक राजु आचार्य लगायतले दमकको कमाण्ड सम्हालिरहेका छन् ।

अभियान उदुघाटनका क्रममा शनिवार झापामा माओवादी केन्द्रका करिव १२ हजार नेता कार्यकर्ता परिचालन भएको जिल्ला संयोजक आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार ००:००  ९ : ०७ बजे