१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

सप्तक संगीतालयमा बालप्रतिभा बीच वक्तृत्वकला



बिर्तामोड-झापाको बिर्तामोडस्थित सप्तक संगीतालयले बाल दिवसको अवसरमा बालप्रतिभा बीच वक्तृत्वकला आयोजना गरेको छ । संगीतालयमा अध्ययनरत विद्यार्थीबीच प्रतियोगिता आयोजना गरिएको हो ।

बाल प्रतिभामा प्रतिस्पर्धी क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संगीतालयकी संस्थापक आकृति खतिवडाले बताइन् । न्यूटन्स बाल क्लब फोकल पर्सन मीनु शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

प्रतियोगितामा रीतिका गौतम, सपना भट्टराई, लक्ष्य सोनी, लोजिफुङ लिम्बू, अग्नि सिग्देल, नवीनता कोइराला, नित्यशं अग्रवाललाई पुरस्कृत गरिएको खतिवडाले बताइन् ।

गायन प्रशिक्षक अर्पण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम सिम्रिका बोहोरा, काब्या सोनी र अनवेशा थापाले संयुक्तरूपमा सञ्चालन गरेका थिए ।

संगीतालयका संरक्षक कुशल पौडेलले स्वागत गरेको कार्यक्रममा आयुष घिमिरे, उत्सव बुढाथोकी, इतुशा लिम्बूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार ००:००  ९ : ५१ बजे