झापा-बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना अति विपन्न विद्यार्थीहरूको शैक्षिक यात्रामा दरिलो साथ दिएको छ ।
आर्थिक अभावका कारण कोही पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने ध्येयले संस्थाले उनीहरूको अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री र नगद सहयोग प्रदान गरेको हो ।
गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा प्रत्येक विद्यार्थीलाई ४,५०० रुपैयाँ बराबरको स्कुल ब्याग, स्टेशनरी सामग्री र थप १,००० रुपैयाँ नगद हस्तान्तरण गरिएको थियो ।
गाउँपालिका अध्यक्ष देवेन्द्रप्रसाद चम्लागाई र प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले उक्त सामग्री वितरण गर्नु भएको हो ।
सन् २०२३ देखि सुरु भएको यस प्रशंसनीय कार्यक्रम अन्तर्गत जेसीजले हरेक वर्ष विद्यार्थीहरूको पढाइ खर्च व्यहोर्दै आएको छ । संस्थाले यी बालबालिकालाई उच्च शिक्षा अध्ययनसम्म नै सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।















