२३ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु



सुनसरी-इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका-१३ स्थित गणेश पेट्रोलपम्प नजिक कोशी लोकमार्गमा शनिबार राति भएको दुर्घटनामा दुई पुरुषको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण र मृतकको पहिचानबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, आइतबार ००:००  १२ : २४ बजे