२ असार २०८२, सोमबार | Tue Jun 17 2025

लिङ्कन मन्टेश्वरी स्कूलमा निःशुल्क दन्त परीक्षण



झापा- बिर्तामोडमा अवस्थित लिङ्कन मन्टेश्वरी स्कूलमा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ । बिर्तामोड आँखा अस्पतालको व्यवस्थापनमा सञ्चालित रहेको नेशनल एडभान्स डेन्टलको प्राविधिक सहयोगमा शुक्रबार शिविर भएको हो ।

शिविरमा विद्यार्थी र अभिभावक गरेर ८० जनाको दन्त परीक्षण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले जानकारी दिए ।

विद्यालयले प्रत्येक वर्ष बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्दै आएकोमा यसवर्ष भने दाँतको परीक्षण गरिएको स्कूलका सञ्चालक सरौज पौडेलले बताए ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार ००:००  १० : २६ बजे