बिर्तामोड- भूतपूर्व विद्यार्थी समाज महेन्द्ररत्न माध्यमिक विद्यालय अनारमनीले दुई जना जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गरी प्रथम स्थापना दिवस मनाएको छ ।
साइकल पाउनेमा बिर्तामोड–९ कोलाटोली घर भई कक्षा ९ मा अध्ययनरत गोमा राजवंशी र बिर्तामोड–१० तेलगानी घर भई कक्षा ८ मा अध्ययनरत पवित्रा बोहोरा रहेका छन् ।
टाढाबाट विद्यालय धाउन समस्या भएका विद्यार्थीलाई सहयोग गरिएको विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेलले बताए । विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।


















