भद्रपुर-रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले आइतबार हिमाली मावि भद्रपुरका एक सय जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत प्रतिष्ठानले विद्यार्थीलाई ट्र्याक सुट वितरण गरेको हो ।
कार्यक्रममा भद्रपुरका नगर प्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वडाध्यक्ष रामप्रसाद अधिकारी लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा नगर प्रमुख पोखरेलले शिक्षा क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए ।
प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओलीले विपन्न बालबालिकालाई शिक्षामा सहयोग गर्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको जानकारी दिए ।