१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

लिङ्कन मन्टेश्वरीमा वार्षिक खेलकुद कार्यक्रम



झापा- बिर्तामोडमा अवस्थित लिङ्कन मन्टेश्वरी स्कूलमा वार्षिक खेलकुद कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा २ का वडाध्यक्ष किशोरकुमार पौडेल रहेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, अन्य विशिष्ट व्यक्ति, अभिभावक, विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा विभिन्न खेलमा प्रथम, द्धितीय, तृतीय बनेका विद्यार्थीहरुलाई मेडल, ट्रफी, प्रमाण पत्रसहित पुरस्कार वितरण गरिएको थियो ।

उज्यालो मनकामना बाल क्लबका अध्यक्ष एलिजा भट्टराई, अभिभावक दीपेश कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका सञ्चालक सरोज पौडेलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रम सञ्चालन मेची आधारभूत विद्यालय मेचीनगरका प्रधानाध्यापक लोकेन्द्र थपलियाले गरेका थिए ।

विद्यालयले विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । विद्यालयले यसवर्ष वार्षिक खेलकुद अन्तरगत कार्यक्रम सम्पन्न गरेको हो । बालबालिकाको मनोविज्ञान अनुसारका कार्यक्रम गर्दै आएको लिङ्कन मन्टेश्वरी स्थापनाको छोटो समयमै धेरै अभिभावक र विद्यार्थीको रोजाइको केन्द्र बनेको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार ००:००  १२ : ०७ बजे