बिर्तामोड-अलग–अलग मुद्दाका पाँच जना फरार अपराधीलाई झापा प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले डाँका मुद्दाका दुईसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–३ का शेरबहादुर तामाङ, बिर्तामोड–४ का मानस, बिर्तामोड–३ का संसार, कनकाई–७ का सुरज चौधरी र मेचीनगर–१० का जीवनकुमार लामा छन् ।