२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

नेपाल उद्योग वाणिज्य महासंघद्वारा उच्चस्तरीय विज्ञ समूह गठन



झापा- नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी र गतिशील बनाउन उच्चस्तरीय विज्ञ समूह गठन गरेको छ ।

विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वलाई समेटेर महासंघले उच्चस्तरीय विज्ञ समूह बनाएको हो । विज्ञ समूहबाट महासंघले आवश्यक सुझावको अपेक्षा राखेको छ ।

विज्ञ समूहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्दराज पोखरेल, आयोगका पूर्वसदस्य डा. गणेश गुरुङ, सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा र शिशिर ढुंगाना, अर्थविद् द्वय केशव आचार्य र डाक्टर कल्पना खनाल छन् ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विज्ञ समूहले दिएको सुझावका आधारमा वर्तमान आर्थिक संकट व्यवस्थापनका लागि सरकारसँग छलफल गर्ने बताए ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार ००:००  ७ : ३५ बजे