अभिनेत्री स्वस्तिमा खड्का चलचित्र ‘ऐंचो पैंचो’ लिएर आएकी छन् । उनको दमदार अभिनय रहेको यो चलचित्र राजनीतिक पृष्ठभूमिमा तयार पारिएको छ । ऐंचो पैंचोमा उनले राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छन् ।
राजनीतिलाई पेसा बनाउन नहुने सन्दर्भहरु बेला बेला सार्वजनिक हुन्छन् । यसप्रति व्यङ्ग्य गर्नेको कमी पनि छैन् । अभिनेत्री खड्काले चलचित्रले उठाएको विषयवस्तुले समाजलाई जोड्न सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् ।