१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कोशी प्रदेशसभाको बैठक बस्दै



झापा–कोशी प्रदेशसभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा प्रदेश निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित दफावर छलफलका लागि सम्बन्धित समितीमा पठाइयोस् भन्ने प्रस्ताव पेश हुनेछ ।

बैठकमा कोसी प्रदेश विनियोजन अध्यादेश २०८० प्रतिस्थापन गर्न बनेको विधेयकमाथि सैदान्तिक छलफल हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीद्धारा जारी सुचनामा उल्लेख छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार ००:००  ८ : ५९ बजे