१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मेला लगाउने विषयमा झडप, प्रहरीद्वारा आठ राउण्ड हवाई फायर



झापा-मेला लगाउने विषयमा बारामा दुई समूह बीच सोमवार राति झडप भएको छ । झडपमा दुई जना घाइते भएका छन् । बाराको पचरौता नगरपालिका–७ बेनौलीमा झन्डा मेला लगाउने विषय विवाद भएको हो ।

विवादका क्रममा ढुंगा हानाहान भएपछि स्थिति तनावग्रस्त भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

घटनामा पचरौता–७ बेनौली बस्ने लक्ष्मी पटेल (४०) र सोही स्थानका चण्डिका पटेल (४२) घाइते भएका छन् । राति पौने १२ बजे दुई समूहबीच पुन झडप भएपछि प्रहरीले दोस्रोपटक हवाई फायर खोलेको हो ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार ००:००  ७ : ५४ बजे