१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्षमा सङग्रौला



बिर्तामोड-सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडको अध्यक्षमा देवीप्रसाद सङग्रौला सर्वसम्मत चयन भएका छन् । सोमवार भएको चौथो अधिवेशनबाट सङग्रौला अध्यक्षमा निर्वाचित भएका हुन् ।

केन्द्रको उपाध्यक्षमा सञ्जिव चापागाईं, अमिर लिङ्देन, लक्ष्मी सापकोटा र अनिता खनाल सर्वसम्मत भएका छन् । महासचिवमा लक्ष्मी गौतम तथा सचिवमा राजकुमार ओली निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा शत्रुधनप्रसाद गुप्ता, सह कोषाध्यक्षमा राधा भट्टराई निर्वाचित भएका छन । १९ सदस्यीय कार्य समितिका सदस्यहरुमा कृति प्रसाई, ध्रुवकुमार आचार्य, रणदेव हजाम, टेकनाथ पौडेल, देवकला कटुवाल र तेजेन्द्र उप्रेती निर्वाचित भएका छन् ।

२०६८ सालमा बिर्तामोडमा स्थापना गरिएको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले १२ औँ वर्षमा आइपुग्दा सामाजिक तथा सुरक्षाका क्षेत्रमा धेरै कामहरु गरेको सस्थांका अध्यक्ष उत्तम खनालले बताए ।

बिर्तामोड-४ का अध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्की, निर्वाचन मण्डलका संयोजक अर्जुन मैनाली लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार ००:००  ६ : ५० बजे