१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बिर्तामोडका दुई व्यवसायी सम्मानित



बिर्तामोड-नेपाल उद्योग तथा व्यवसायी महासङ्घ बिर्तामोड नगर कमिटीले बुधवार दुई जना व्यवसायीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा व्यवसायी हनुमान मित्तल र हरि आचार्य छन् ।

बिर्तामोडमा आयोजित विस्तारित भेला तथा उमेद्वारी घोषणा कार्यक्रममा पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले दुबै जना व्यवसायीलाई दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरेका हुन् ।

व्यवसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय उनीहरुको योगदानको कदर गर्दै सम्मान गरिएको नेपाल उद्योग तथा व्यवसायी महासङ्घ बिर्तामोड नगर कमिटीका अध्यक्ष युवराज निरौलाले बताए ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार ००:००  ९ : ३५ बजे