काठमाडौँ-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी सरकार भत्काउने खेलमा सामेल नहुने बताएका छन् । उनले नयाँ गठबन्धनलाई शुभकामना दिए ।
नेपाल शिक्षक संघ बागमती प्रदेशको अधिवेशन उद्घाटन गर्दै महामन्त्री शर्माले कांग्रेस नयाँ सरकार बनाउनेतर्फ अग्रसर नहुने बताए ।
महामन्त्री शर्माले सरकार भत्काउन र बहुमत कायम गर्नतर्फ नलाग्ने बताउँदै जनताका मुद्दा लिएर खरो रुपमा उत्रिने बेला आएको उल्लेख गरे ।
नयाँ गठबन्धनलाई काम गर्ने अवसर दिनुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले घरघरमा गएर देउसी खेले जस्तो नयाँ सरकार बनाउने धन्दा नगर्ने प्रष्ट पारे ।