१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

करिव दुई अर्ब रुपैयाँकाे मदिरा आयात



बिर्तामोड-चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा विदेशबाट करिव दुई अर्ब रुपैयाँकाे मदिरा आयात भएको छ । साउनदेखि माघ महिनाको अन्त्यसम्ममा १ अर्ब ९७ करोड रुपैयाँ बराबरको मदिरा आयात भएको भन्सार विभागले जनाएको हो ।

विभागका अनुसार सबैभन्दा धेरै रकम ह्वीस्की आयातमा बाहिरिएको छ । ८४ करोड ७२ लाख रुपैयाँको ह्वीस्की आयात भएको हो ।

एक अर्ब ६७ करोड रुपैयाँको बियर आयात हुँदा ३० करोडभन्दा बढीको वाइन नेपाल भित्रिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार ००:००  ८ : ३१ बजे