१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

सभामुख घिमिरे आइतवार झापा आउँदै



बिर्तामोड-सभामुख देवराज घिमिरे झापा आउने भएका छन् । गृह जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन सभामुख घिमिरे आइतवार झापा आउने तय भएको हो ।

व्यस्त कार्य तालिकाका बीच झापा आउन लागेका सभामुख घिमिरेले विरीङ खोलामा आयोजित छठ पूजा समारोहको उद्घाटन गर्ने कार्यक्रम तय भएको स्वकीय सचिव तेजप्रकाश भट्टराईले बताए ।

सभामुख घिमिरेले बिर्तामोड, अर्जुनधारा, कनकाई र बुद्धशान्तिका २६० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्दै लौरो वितरण गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार ००:००  ५ : ३६ बजे