२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

१५ लाख धरौटी बुझाएर रिहा भए शरणार्थी नेता रिजाल



काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधवार रिहा भएका छन् ।

सात महिना हिरासतमा बसेका नेता रिजाललाई उच्च अदालत पाटनले मंसिर १५ मा १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, धरौटी रकम बुझाउन नसक्दा उनी सुन्धारा कारागारमै थिए ।

धरौटी रकम बुझाएपछि नेता रिजाल रिहा भएको उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए ।रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार ००:००  ८ : ४७ बजे