बिर्तामोड- संयुक्त महिला आवाज नेपाल नामक संस्था स्थापना भएको छ । बिर्तामोड–२ निवासी शिखा खड्काको अध्यक्षतामा संस्था स्थापना भएको हो ।
महिलाहरुको हक, अधिकार संरक्षण एवम् बाल अधिकारको क्षेत्रमा कार्य गर्ने उद्देश्यले संस्था गठन भएको अध्यक्ष खँड्काले बताइन् ।
समितिको उपाध्यक्षमा मुना खड्का, सचिवमा अनिता रेग्मी एवम् सदस्यहरुमा बविता खड्का, एलिसा कटुवाल लगायत सात जना रहेका छन् ।
संस्थाको साधारणसभा छ महिना भित्रमा सम्पन्न गरी कार्यकारी समिति गठन गर्ने जनाइएको छ ।