१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

इन्डियन आइडलबाट बाहिरिएपछि सोमबार नेपाल फर्किँदै मेनुका



बिर्तामोड-भारतीय टेलिभिजन रियालिटी शो इन्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिरिएपछि मेनुका पौडेल सोमबार स्वदेश फर्कने भएकी छन् ।

आइतबारको एपिसोडबाट उनी बाहिरिएको घोषणा भएको थियो । सोमबार दिउँसो ११ बजे उनी पश्चिम बङ्गालको बागडोग्रा विमानस्थल हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आउन लागेकी हुन् ।

काँकरभिट्टा नाकामा उनलाई स्वागत गर्ने तयारी गरिएको छ । साङ्गीतिक क्षेत्रका अगुवा, शुभेच्छुक शुभचिन्तक र सङ्घसंस्थाका प्रतिनिधिले स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

बिर्तामोड र हल्दीबारीमा सोमबार दिउँसो आयोजना गरिएका कार्यक्रममा उनको सहभागिता रहने जनाइएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार ००:००  १० : २१ बजे