झापा-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वी नेपाललाई किराँत प्रदेश बनाउन आफूले अन्तिम समयसम्म प्रयास गरेको जिकिर गरेका छन् ।
माघे संक्रान्तिको अवसरमा काठमाडौँको टुँडिखेलमा सोमबार आयोजित मगर समुदायको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो दाबी गरेका हुन् ।
आफ्नो पार्टी निर्वाचनबाट निर्णय गर्न सक्ने अवस्थामा नरहेका कारण किराँत प्रदेश राख्ने चाहना सफल हुन नसकेको प्रधानमन्त्री दाहालले बताए ।


















