१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

प्रवासमा राप्रपाको आक्रामक नीति : अध्यक्ष लिङ्देन अमेरिका भ्रमणमा



झापा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बिहीवार साँझ अमेरिका भ्रमणमा जाँदै छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज पानस अमेरिकाको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् ।

अमेरिकाको विभिन्न राज्यमा हुने भ्रमणको क्रममा अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेश्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

अमेरिकामा रहँदा अध्यक्ष लिङ्देन अक्टोबर २८ का दिन मोमो महोत्सव फेस्टिवलमा प्रमुख अतिथिका रुपमा सहभागी हुने छन् ।

अध्यक्ष लिङ्देनको अमेरिकामा हुने सबै कार्यक्रमको तयारी उत्साहजनक ढंगबाट भइरहेको पानस आइसिसीका प्रमुख प्रेमकुमार श्रेष्ठले बताएका छन् । राप्रपाले प्रवास क्षेत्रमा आक्रामक संगठन निर्माणको नीति लिएको छ ।

अध्यक्ष लिङ्देनले नेपालीहरूको अत्याधिक घनत्व भएको मध्यपूर्वका साउदी अरेविया, युएई तथा कतारको भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग छलफल र अन्तर्क्रिया सम्पन्न गरिसकेका छन् ।

भ्रमण टोलीमा अध्यक्ष लिङ्देनकी धर्मपत्नी सीता थापा लिङ्देन, राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य, प्रवास विभागका प्रमुख आनन्द अधिकारी रहने छन् । मेरिल्याण्डको कार्यक्रम सम्पन्न गरेपछि राप्रपा अध्यक्ष लिङ्देन नोभेम्बर ७ मा नेपाल फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार ००:००  ३ : २५ बजे