बिर्तामोड-नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले गरिवीको रेखामुनी रहेका जनताको हितलाई ध्यानमा राखेर परिवर्तनको अनुभूति दिलाउने गरी कार्य गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधि र तहगत सभापतिहरुसँग अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो निर्देशन दिएका हुन् । नेता सिटौलाले ब्यवस्था परिवर्तनपछि जीवनस्तर सुधारको पूर्ण प्रत्याभूति दिन नसके ब्यवस्थाप्रति नै वितृष्णा पैदा हुने हुँदा जनअपेक्षा अनुसार काम गर्नु पर्ने बताए ।
निर्वाचित जनप्रतिनिधिहरुले कतिपय कानुनी जटिलताका कारण राज्य ब्यवस्था परिवर्तनपछि पूर्ण रुपमा जनताको अपेक्षा पूरा गर्न नसकिएको बताएका थिए ।
कार्यक्रममा प्रदेश सांसद लख्खीदेवी गणेश, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, कचनकबल गाउँपालिकाका अध्यक्ष कालेन्द्र राजवंशी, झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह सहभागी थिए ।
कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलवती राजवंशी, कनकाई नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटी, दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाई, झापा गाउँपालिकाका उपाध्यक्ष अन्जु थपलिया लगायतले पनि सहभागिता जनाएका छन् ।
बिर्तामोड- नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले गरिवीको रेखामुनी रहेका जनताको हितलाई ध्यानमा राखेर परिवर्तनको अनुभूति दिलाउने गरी कार्य गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधि र तहगत सभापतिहरुसँग अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो निर्देशन दिएका हुन् ।
नेता सिटौलाले ब्यवस्था परिवर्तनपछि जीवनस्तर सुधारको पूर्ण प्रत्याभूति दिन नसके ब्यवस्थाप्रति नै वितृष्णा पैदा हुने हुँदा जनअपेक्षा अनुसार काम गर्नु पर्ने बताए ।