१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ब्राउन सुगरसहित समातिए बुद्धशान्तिका प्रसाई



बिर्तामोड-झापाको बुद्धशान्ति–२ का दीपकप्रसाद प्रसाई ब्राउनसुगरसहित समातिएका छन् । भारतबाट आउँदै गरेका प्रसाईलाई लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाको टोलीले बुधवार साँझ मेची पुलबाट पक्राउ गरेको हो ।

मे ५ प ५७०९ नम्वरको मोटरसाइकलमा आउँदै गरेका प्रसाईलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो । मोटरसाइकलको एयर फिल्टरमा लुकाएर ल्याएको अवस्थामा प्रसाईको साथमा चार ग्राम पाँचसय मिलिग्राम ब्राउन सुगर भेटिएको हो ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले पक्राउ परेका प्रसाईलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएको बताए ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ००:००  १० : ०८ बजे