झापा-चालू आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब १६ अर्ब रेमिट्यान्स भित्रिएको छ । जुन मासिक गणनामा हालसम्मकै उच्च हो ।
करिब ३३ महिनापछि देशको चालू खाता पनि बचतमा देखिएको छ । यसअघि गत चैतमा एक खर्ब नौ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।
असारमा एक खर्ब आठ अर्ब आएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा मासिक औसत एक खर्ब एक अर्ब ७१ करोड रेमिट्यान्स भित्रिएको थियो । त्यसअघि आव २०७८–७९ मा मासिक औसत ८३ अर्ब ९४ करोड भित्रिएको थियो ।