१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

करोडौँ ठगेर ओम शान्ति ज्वेलर्सका सञ्चालक सोनी फरार



झापा-मोरङको रंगेली नगपालिका–७ मुख्य बजारको ओम शान्ति ज्वेलर्सका सञ्चालक पवनकुमार सोनी फरार भएका छन् ।

करोडौं मूल्य बराबरको सुनचाँदी र नगद लिएर व्यवसायी सोनी परिवारसहित फरार भएको स्थानीयले बताएका हुन् ।

रंगेली र सुनवर्सी नगरपालिका लगायतका स्थानका सयौं सर्वसाधारणको सुनचाँदी सोनीले धरौटीमा राखेका थिए ।

रंगेली–७ का अजय रायले तमसुक बनाएर आफूले २१ लाख रुपैयाँ सोनीलाई दिएको बताए । घरको मुलद्वार तालाचावी लगाएर उनीहरु भागेका हुन् ।

ओम शान्ति ज्वेलर्सले घर पनि लुम्बिनी बिकास बैकमा धितोमा राखेर एक करोड रुपैयाँ ऋण लिएको र केही महिनादेखि ब्याजसमेत नतिरेको स्थानीयको दावी छ ।

सोनीले रंगेलीका बैक तथा बित्तीय संस्थाहरुमा समेत ऋण लिएको इलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक चन्द्र खड्काले बताए ।

अहिले इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी दिन आउने स्थानीयको भीड बढेको छ । प्रहरीले प्रमाणसहित निवेदन दिन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ ।

प्रारम्भिक उजुरी अनुसार अहिलेसम्म २ करोड ६५ लाख भन्दा बढी मूल्य बराबरको सुनचाँदी र नगद लिएर फरार भएको भन्ने उजुरी परेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार ००:००  ९ : ०७ बजे