१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

खुकुरी हानेर सह चालकको हत्या प्रयास



बिर्तामोड– झापाको केर्खामा एक जना सहचालकमाथि खुकुरी प्रहार भएको छ । काठमाडौँबाट यात्रु लिएर काँकरभिट्टातर्फ आइरहेको हायसका सह चालकमाथि खुकुरी प्रहार भएको हो ।

केर्खाको बस बिसौनीमा अज्ञात व्यक्तिले सह चालकमाथि खुकुरी हानेको प्रहरीले जनाएको छ । हायसका चालक भने सुरक्षित छन् ।

बा ४ ख २९६५ नम्बरको हायसका घाइते सह चालकलाई बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । उनको अवस्था चिन्ताजनक छ ।

काठमाडौँबाट झापाको केर्खासम्म आएका पुरुष यात्रुले हायसका सह चालकसँग दिउँसोदेखि विवाद गरिरहेका थिए । उनैले साथी बोलाएर सह चालकमाथि धारिलो हतियारले आक्रमण गरेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार ००:००  ८ : ३९ बजे