१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चन्द्रगढीमा निर्मित सार्वजनिक शौचालय हस्तान्तरण



चन्द्रगढी- झापाको सदरमुकाम चन्द्रगढीमा सार्वजनिक शौचालय निर्माण भएको छ । रोटरी क्लव अफ भद्रपुरको संयोजनमा सार्वजनिक शौचालय निर्माण भएको हो ।

रोटरीले भद्रपुर वडा नम्वर ८ लाई शौचालय हस्तान्तरण गरेको छ । भद्रपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा चन्द्रगढीको महेन्द्र पार्कसँगै जोडेर टेलिकम कार्यालय नजिकै शौचालय बनाइएको हो ।

झापाली समाज अस्ट्रेलियाको सहयोगमा १५ लाख बढीको लगानीमा शौचालय निर्माण भएको क्लवका निवर्तमान अध्यक्ष ईश्वर अधिकारीले बताए । झापाली समाज अस्ट्रेलियाले सात लाख रुपैयाँ सहयोग गरेको थियो ।

शौचालयमा महिला र पुरुषका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ । प्रदेश सांसद मोहन महर्जनको प्रमुख आतिथ्य र रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष विनोद चापागाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा कार्यालयलाई शौचालय हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार ००:००  १२ : ०१ बजे